काठमाण्डुपाटीको सम्पादकमा खड्का

काठमाण्डुपाटीको सम्पादकमा खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुपाटी डटकमको सम्पादकमा ज्ञानेन्द्र खड्का नियुक्त भएका छन् । काठमाण्डुपाटीको मुल संस्था आरबी मिडिया प्रा.लि.ले खड्कालाई बुधबार सम्पादकको जिम्मेवारी दिएको हो ।

खड्का करिब दुई दशकदेखि मुलधारको पत्रकारितामा सक्रिय छन् । लामो समयदेखि समाचार संकलन, लेखन तथा सम्पादनको काम गर्दै आएका उनले अनलाइन पत्रकारिताको क्षेत्रमा राम्रो अनुभव हासिल गरेका छन् ।

समसामयिक राजनीतिक तथा सामाजिक विषयमा कलम चलाउँदै आएका खड्काले बुधबारबाटै काठमाण्डुपाटीको सम्पादकीय नेतृत्व सम्हालेका छन् ।

खड्काको अनुभव र सम्पादकीय क्षमताबाट काठमाण्डुपाटी डटकमको समाचार सामग्री थप प्रभावकारी र विश्वसनीय बन्ने विश्वास व्यवस्थापनको छ ।