देउवा समूहले निर्वाचन आयोगलाई बुझायो पन्ध्रौँ महाधिवेशनको कार्यतालिका

देउवा समूहले निर्वाचन आयोगलाई बुझायो पन्ध्रौँ महाधिवेशनको कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ।

देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले बताएका छन् । आयोगमा बुझाइएको पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरू गरी मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख गरिएको छ।

देउवा समूहको कार्यतालिकाअनुसार असोज १५ गते वडा, असोज २० गते गाउँ तथा नगरपालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ।

त्यस्तै, मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। नेता साउदका अनुसार महाधिवेशनको तिथिमितिसहितको विवरण निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गरिएको हो।

यसअघि गगन थापा नेतृत्वको कांग्रेस संस्थापन असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाइसकेको छ। संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएपछि कांग्रेस फुटको डिलमा पुगिसकेको छ।