काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउन अपील गरेका छन् ।
देउवाले बिहीबार अपिल जारी गर्दै झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको महाअधिवेशन निकै महत्वपूर्ण रहेको जनाएका छन् ।
आफ्नो पक्षको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु हुने दिनदेउवाले १५औँ महाधिवेशनअन्तर्गतको देशभरका वडाहरूको अधिवेशन बिहीबार हुन लागेकाले त्यसमा सहभागिताका लागि अपिल गरेका हुन्।
अपिलमा भनिएको छ, ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’
कांग्रेस संस्थापन पक्षको महाधिवेशन असोज १८ देखि सुरु हुँदैछ भने देउवा संस्थापन इतर पक्षको आगामी मंसिर २१ गतेदेखि हुने मिति घोषणा गरिएको छ।
देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजबुत बनाउन पनि १५ औं महाधिवेशन निकै महत्वपूर्ण भएको बताएका छन् ।
‘झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ। हामीले नेपालमा लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान, त्याग र सर्घषलाई थप मजवुत बनाउन पनि १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ’, उनले अपीलमा भनेका छन् ।




प्रतिक्रिया