निजामती सेवा विधेयक संसद्‍मा दर्ता (पूर्णपाठसहित)

निजामती सेवा विधेयक संसद्‍मा दर्ता (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‍मा दर्ता भएको छ ।

प्रतिनिधिसभाको विधेयक शाखामा दर्ताका लागि संघीय मामिला मन्त्रालयका अधिकारी पुगेका थिए । विधेयकमा सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखेको छ ।

संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि रायरपरामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गर्दै त्यही दिन विधेयक आयोग पठाएको थियो ।

लोकसेवा आयोगले सङ्घीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको विधेयक मन्त्रिपरिषद्‌ले स्वीकृत दिएको थियो ।

५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ ।

निजामती सेवासम्बन्धी विधेयक यसअघि २०७४ र २०७९ का प्रतिनिधिसभामा पनि पेस गरिएका थिए । तर दुवै पटक विधेयक विवादित बनेको थियो ।