१ किलो ६ सय ग्राम सुनका गहनासहित एक महिला पक्राउ

१ किलो ६ सय ग्राम सुनका गहनासहित एक महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रुपन्देहीमा सशस्त्र प्रहरीले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डाको टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गहनासहित काठमाण्डु महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो।

असोज १४ गते राति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले जाँच गर्दा पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरका विभिन्न सुनका गहना फेला पारेको थियो।

बरामद गहनाको परीक्षणका लागि असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। परीक्षणबाट उक्त गहनामा १ किलो शुद्ध सुन रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त सुनको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम भएको छ।

बरामद गहनामा हार, औंठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाली, नाकको फूली, ब्रासलेटलगायत विभिन्न प्रकारका गरगहना रहेका छन्।

नियन्त्रणमा लिइएकी पटेललाई बरामद गहनासहित आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।