परराष्ट्रमन्त्री खनालसँग अस्ट्रेलियाका राजदूत साइमनको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग अस्ट्रेलियाका राजदूत साइमनको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन् ।

राजदूत अर्न्स्टले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा मन्त्री खनालले विनाशकारी बाढीपछि नेपाललाई निरन्तर साथ, ऐक्यबद्धता र सहयोग प्रदान गरेकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेका थिए । उनले नेपालको पुनर्निर्माण तथा पुन:स्थापनामा अस्ट्रेलियाको निरन्तर साझेदारीको अपेक्षा व्यक्त गर्दै क्षति तथा नोक्सानी सम्बन्धी वित्तीय सहयोगमा पहुँचका लागि समेत सहकार्य गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

राजदूत अर्न्स्टले नेपाललाई विपद्पछिको पुन:स्थापना र पुनर्निर्माणमा सहयोग जारी राख्ने अस्ट्रेलियाको प्रतिबद्धता दोहोर्‍याउदै विपद् प्रतिरोधी क्षमता बढाउन व्यावहारिक सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

भेटका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो । अस्ट्रेलिया सरकारले प्रदान गर्दै आएको अस्ट्रेलिया अवार्ड छात्रवृत्ति तथा २ देशका जनताबिचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि राजदूत अर्न्स्टले प्रतिबद्धता जनाएका छन् ।