बाढी पहिरोले आज यी स्थानका राजमार्ग अवरुद्ध (सूचीसहित)

बाढी पहिरोले आज यी स्थानका राजमार्ग अवरुद्ध (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। काठमाण्डु उपत्यका जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएको छ।

बागमती प्रदेशकै रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन्।

गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा पनि बाढी पहिरोले आवागमन प्रभावित भएको छ। मनाङको बेशीसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड ठप्प भएको छ।

यस्तै नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरका बुलिङटार र बौद्धिकालीका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यद्यपि ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

यसैगरी कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर र सिमकोट-हिल्सा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा ती क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।