संसद्को चालू अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

संसद्को चालू अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद्को बर्खे अधिवेशन शुक्रबाररातिदेखि अन्त्य हुँदैछ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार राति १२ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बर्खे अधिवेशन अन्त्य हुनेछ ।

यस वर्षको बर्खे अधिवेशन गत २८ वैशाखबाट सुरु भएको थियो । चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानुन पनि बनेका छन् ।