भक्तपुरको सल्लाघारीमा ट्याङ्करसँग मिनिटाटा ठोक्किँदा चालक गम्भीर घाइते

भक्तपुरको सल्लाघारीमा ट्याङ्करसँग मिनिटाटा ठोक्किँदा चालक गम्भीर घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सल्लाघारीमा काठमाडौं आउँदै गरेको मिनिटाटा गाडी रोकिराखेको ट्याङ्करसँग शुक्रबार बिहान ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मिनिटाटाका चालक गम्भीर घाइते भएका हुन्।

दुर्घटनामा मिनिटाटा गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ। घाइते चालकको भक्तपुरकै अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

तस्बिरहरू : बद्री थापा/नेपाल फोटो सर्भिस