विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, सबै खेल जित्नै पर्ने दबाबमा नेपाल

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, सबै खेल जित्नै पर्ने दबाबमा नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल र सन्दीप जोरा छन्।

त्यस्तै, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल पनि टोलीमा समेटिएका छन्।

यो शृंखलामा नेपालले क्यानडा र घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको दृष्टिले लिग–२ का खेल नेपालका लागि महत्त्वपूर्ण मानिएको छ ।

नेपाल अहिले तालिकाको सातौँ स्थानमा छ। नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ। अब नेपालले एक दिवसीय मान्यता जोगाउन यो सिरिजको सबै खेल जित्नु पर्नेछ। खेल अक्टोबर ११ देखि ओमानमा हुनेछ।