कांग्रेस प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधिमा पराजित, भन्छन्- ‘पद क्षणिक, निष्ठाको राजनीति निरन्तर रहन्छ’

कांग्रेस प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधिमा पराजित, भन्छन्- ‘पद क्षणिक, निष्ठाको राजनीति निरन्तर रहन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचनमा राष्ट्रिय सभा सदस्य तथा कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियार पराजित भएका छन्। उनले हार भोगेपछि आफूलाई प्राप्त मत र समर्थनप्रति धन्यवाद दिएका छन्।

पार्टीको निर्वाचन परिणामले आफूलाई निराश वा विचलित नबनाएको परियारले बताए। उनले कुनै गुट वा उपगुटको पक्षमा नलागी लोकतान्त्रिक विधि र पद्धतिअनुसार निर्वाचनमा गएको पनि उल्लेख गरेका छन्।

आफूलाई मतदान तथा समर्थन गर्ने क्षेत्रीय प्रतिनिधिलाई सम्झिँदै उनले आगामी दिनमा पनि कांग्रेसको चारतारे झण्डामुनि इमानदारी र निष्ठाका साथ रहिरहने बताएका छन्।

दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित अमृतबहादुर नेपालीलाई उनले बधाई दिएका छन्। परियारले नेपालीलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

निर्वाचनका क्रममा जिल्लाका अग्रज तथा युवा नेताहरूले देखाएको व्यवहारलाई आफूले सम्झिने पनि उनले बताएका छन्। परियारले राजनीतिमा पद स्थायी नहुने तर निष्ठा र सम्बन्ध महत्वपूर्ण हुने बताएका छन्। उनले भने, ‘राजनीतिमा पद क्षणिक हुन्छ, तर निष्ठा र सम्बन्ध सदा अजम्बरी हुन्छ।’