अन्य दलबाट आएका १३ सहित एमालेका मनोनीत ३३ केन्द्रीय सदस्यले लिए शपथ

अन्य दलबाट आएका १३ सहित एमालेका मनोनीत ३३ केन्द्रीय सदस्यले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत ३३ जना सदस्यलाई शपथ गराएका छन्।

शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

एमालेले नवमनोनीत केन्द्रीय सदस्यहरूको शपथ बिहीबार नै गराउने तयारी गरेको थियो। तर झापा विद्रोहका योद्धा तथा वाम नेता घनेन्द्र बस्नेतको निधन भएपछि शपथग्रहण कार्यक्रम शुक्रबारका लागि सारिएको थियो।

असोज ५ गतेदेखि चार दिनसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। एमाले विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ।

मनोनीत ३३ जनामध्ये १३ जना अन्य राजनीतिक दलबाट एमालेमा आएका नेता रहेका छन्।

शपथ लिएका केन्द्रीय सदस्य

  • काशीनाथ अधिकारी
  • देवराज घिमिरे
  • हरि रिजाल
  • पासाङ शेर्पा
  • नरेन्द्र भट्टराई
  • नाथुराम देवकोटा
  • धर्म गिरी
  • नारायण घर्ती
  • विद्यासुन्दर शाक्य
  • पाल्देन छोपाङ
  • विमला घिमिरे
  • श्रीमाया थकाली
  • जानुका सिंखडा
  • बिना बास्तोला
  • शान्तिलाल महत
  • विनोद पाण्डे
  • प्रेम दङ्गाल
  • पुष्पराज श्रेष्ठ
  • मोहम्मद इस्तियाक राई
  • कौशिला खत्री
  • सुरेन्द्र उदास
  • दीपक खम्बु
  • जय गोदे
  • धर्मराज निरौला
  • प्रदीप यादव
  • अब्दुल हुसेन
  • डिबी कार्की
  • भवानी खापुङ
  • ददी चाम्लिङ
  • विनोद पहाडी
  • रामप्रित पासवान
  • ध्रुव विष्ट