एनपीएल नजिकिएसँगै चिटिक्क पारिँदै त्रिवि मैदान (तस्बिरहरू)

एनपीएल नजिकिएसँगै चिटिक्क पारिँदै त्रिवि मैदान (तस्बिरहरू)

यसपटक डीआरएस पनि प्रयोग हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन तयारी तीव्र पारेको छ।

कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्।


क्यानका अनुसार प्रतियोगिताका खेललाई थप निष्पक्ष, पारदर्शी र प्रविधिमैत्री बनाउन यसपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गर्ने तयारीसमेत गरिएको छ।

एनपीएलको तेस्रो संस्करणलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा प्राविधिक तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको क्यानले जनाएको छ।

तस्बिरः रासस