काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारी दर्ता हुने भएको छ।
कांग्रेसले उम्मेदवारको मनोनयनपत्र असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृह, काठमाडौंमा दर्ता गरिने जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूलाई तोकिएको समयभित्र योग्य उम्मेदवारको मनोनयनपत्र दाखिला गर्न कांग्रेसले सूचित गरेको छ।
निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने कांग्रेसले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा हुँदैछ। मनोनयन दर्तासँगै केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिने नेताहरूको औपचारिक प्रक्रिया अघि बढ्नेछ।




प्रतिक्रिया