स्थानीय निर्वाचनको उम्मेदवारबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

स्थानीय निर्वाचनको उम्मेदवारबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिबार दिउँसो बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे घण्टीघर, चमती, वनस्थलीमा बैठक बस्न लागेको हो।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुनेछ।

बैठकका कार्यसूचीमा केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियानसम्बन्धी प्रस्ताव पनि रहेको छ।

त्यस्तै, मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल गर्ने कार्यसूची छ। बैठकमा विविध विषयमा समेत छलफल हुने रास्वपाले जनाएको छ।