काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
शर्माले शनिबार बिहान ११ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा कार्यक्रम आयोजना गरी महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
जीपी कोइराला फाउन्डेसनका अध्यक्षसमेत रहेका शर्माले महाधिवेशनको तयारीसँगै आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्न लागेका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरू हुँदैछ । कांग्रेसमा नेतृत्वका विभिन्न पदमा आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ। खासगरी उपसभापति र महामन्त्री पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।




प्रतिक्रिया