मोरङको लेटाङमा तीनजना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

मोरङको लेटाङमा तीनजना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी- मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

शुक्रबार राति करिब साढे १० बजे जाँतेस्थित धार्मिक चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा मे १ प ७४६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली र मोरङ पथरीशनिश्चरेका २५ वर्षीय सन्देश नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपालीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।