काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू गरिएको हो। प्रतिनिधिहरूको सहजताका लागि दर्ता गर्न हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ।
दर्तापछि महाधिवेशन प्रतिनिधिहरूलाई १५औँ महाधिवेशनको झोला उपलब्ध गराइनेछ। झोलामा पार्टीको विधान, कापी, कलमलगायतका सामग्री राखिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा हुँदैछ। असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ।
महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन प्रक्रियामार्फत पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछन्।




प्रतिक्रिया