भोलि हुने कांग्रेस महाधिवेशनमा सहभागी हुन देउवालाई निम्तो पत्र

भोलि हुने कांग्रेस महाधिवेशनमा सहभागी हुन देउवालाई निम्तो पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोलि आईतबारदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निम्तो पत्र पठाएका छन् ।

पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीमार्फत उनले औपचारिक पत्र पठाएका हुन् ।

पत्र लिएर चौधरी चुनदेवीस्थित देउवा निवास पुगेका थिए । चुनदेवीमा देउवासँग भेट नभए पनि औपचारिक पत्र पुर्‍याएर फर्किएको उनले जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र भोलि आईतबार काठमाण्डु खुलामञ्चमा आयोजनाको तयारी भइरहेको छ ।