काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिति घोषणा हुन बाँकी आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति बनाएको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार यस बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन
बैठकले मिति घोषणा हुन बाँकी रहेको आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
समितिमा नेताहरू मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम, र जनक सिंह धामी सदस्य मनोनीत भएका छन्। यसका साथै, सातै प्रदेशका सभापतिहरूलाई पदेन सदस्यका रुपमा राखिएको छ।
विभागीय प्रमुख तथा उपप्रमुखहरूको मनोनयन
बैठकले विभिन्न केन्द्रीय विभागहरूका प्रमुख तथा उपप्रमुखहरूको जिम्मेवारी तोकेको प्रवक्ता खरेलले बताएका छन्।
- प्रवास सम्पर्क विभाग: मनिष झा
- आर्थिक व्यवस्थापन विभाग: डा. मनोहर प्रधानकानुनी मामिला तथा संस्थागत अनुपालन विभाग: मोहनलाल आचार्यसामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभाग: रुबिना आचार्यसुशासन तथा राज्य व्यवस्था विभाग: सुदिप ढकालविधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग: सुलभ खरेलकृषि, भूमि व्यवस्था तथा सहकारी विभाग: ज्ञानेन्द्र महताश्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग: दिपक कुमार साह (महोत्तरी)आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग: शर्मिला खनालविज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग: आनन्द बहादुर चन्दसंस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग: डा. धनञ्जय रेग्मी (प्रमुख), सम्राट बुढाथोकी (सदस्य)वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग: धर्म के.सी.
- सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग: रिमा विश्वकर्मा
- अभियान तथा प्रचारप्रसार विभाग: आनन्द मिश्र (उपप्रमुख)




प्रतिक्रिया