‘कार्यालयसमेत जलाएर लखेटिएको कांग्रेस एक वर्षमै उठ्न सफल भयो’

‘कार्यालयसमेत जलाएर लखेटिएको कांग्रेस एक वर्षमै उठ्न सफल भयो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिनाले केन्द्रसहित कयौं कार्यालय जलेको एक वर्षमै पार्टी उठ्न सफल भएको बताएका छन् ।

पार्टीको १५औँ महाधिवेशनको अवसरमा कांग्रेसले पछिल्लो एक वर्षमा गरेको राजनीतिक यात्राको स्मरण गर्दै उनले अहिले उत्सवपूर्ण माहोल रहेको उल्लेख गरेका छन् ।

महाधिवेशनस्थलको तस्बिर राख्दै तिमल्सिनाले एक वर्षअघि कांग्रेसको केन्द्रीय कार्यालयसहित ४० जिल्ला कार्यालय जलेको, सामाजिक सञ्जालदेखि भौतिक रूपमा समेत कांग्रेसीहरू लखेटिएको उल्लेख गरेका छन्।

सभापति गगन थापानिकट उनले त्यसबेला चुनाव कठिन भए पनि कांग्रेसले चुनाव लडेको र अपेक्षित नतिजा आउन नसकेको स्वीकारेका छन्। तर एक वर्षको अवधिमै कांग्रेसले १५औँ महाधिवेशन उत्सवपूर्ण रूपमा उद्घाटन गर्न लागेको उनले उल्लेख गरेका छन्।

‘यसबीचमा लिइएका निर्णयहरू, आफ्नैसँग लडेर भए पनि गरिएको पार्टी रूपान्तरण र निर्वाह गरिएको जिम्मेवार प्रतिपक्षको भूमिकाले गर्दा नेपाली कांग्रेस फेरि सचेत लोकतन्त्रवादीहरूको रोजाइ बन्न सफल भएको छ,’ तिमल्सिनाले भनेका छन्।

उनले पार्टी रूपान्तरणको प्रक्रियाको नेतृत्व गरेको भन्दै सभापति गगन थापा, नेतृत्व वर्ग र सम्पूर्ण कांग्रेसजनप्रति आ‍भार व्यक्त गरेका छन्।