वासिङ्टनमा अर्थमन्त्री, अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षलाई भेट्ने

वासिङ्टनमा अर्थमन्त्री, अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षलाई भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनलाई वासिङ्टन डीसीमा कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, विश्व बैंकसँगको सहयोग, नेपालको पुनर्निर्माण, वित्तीय सुधार तथा नेपाललाई वित्तीय अपराधसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रयासलगायत विषयमा छलफल हुने जनाइएको छ।

यस्तै, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा पनि अमेरिकी सरकार तथा विश्व बैंकका प्रतिनिधिसँग छलफल हुनेछ।

नेपालमा सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि भ्रमणका क्रममा प्राथमिकता दिइनेछ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।