काठमाण्डु- जनता समाजवादी पार्टी नेपालका चार नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।
पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य तथा मधेशका युवा नेता युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले राजीनामा दिएका हुन्।
उनीहरूले अब ‘हुंकार मधेशमा’ अभियानमा पूर्णकालिक सदस्यका रूपमा सक्रिय हुने बताएका छन्।
‘हुंकार मधेशमा’ अभियान गत असोज ९ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। अभियानले मधेशका सामाजिक, राजनीतिक तथा जनसरोकारका विषयलाई केन्द्रमा राखेर गतिविधि अघि बढाउने जनाइएको छ।
अभियानका अनुसार छिट्टै सयदिने ‘मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा’ सुरु गरिनेछ। यात्रामार्फत मधेशसहित देशका विभिन्न क्षेत्रमा अभियान विस्तार गर्ने तयारी रहेको बताइएको छ।
चारै जनाले जसपा नेपालसँगको आबद्धता अन्त्य गर्दै अब ‘हुंकार मधेशमा’ अभियानलाई आफ्नो राजनीतिक तथा सामाजिक सक्रियताको मुख्य आधार बनाउने बताएका छन्।




प्रतिक्रिया