काठमाण्डु– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् ।
बालिका हराएको सूचनापछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा नगरपालिका–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो ।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा–१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई पक्राउ गरेको छ ।
उनलाई असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ ।
गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया