कांग्रेस उपसभापतिमा भुसाल र भट्टराईले गरे उम्मेदवारी घोषणा

कांग्रेस उपसभापतिमा भुसाल र भट्टराईले गरे उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल र गोविन्द भट्टराईले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

भुषाल विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी थिइन् । १५औं महाधिवेशनमा उनी सोही पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय नेता पनि गाउँबाटै चुनिनुपर्ने भएकाले भुसाल अर्घाखाँचीबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन्।

वकालत र प्राध्यापन हुँदै उपसभामुख तथा पार्टीको उपसभापतिसम्म पुगेकी भुसाल शैलजा आचार्यपछि कांग्रेसको उपसभापति हुने दोस्रो महिला हुन् ।

यस्तै नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

२०५३ देखि २०५७ सम्म नेविसंघको अध्यक्ष रहेका भट्टराई अहिले पार्टीमा केन्द्रीय सदस्य छन् । यसअघि उनी तनहुँ निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका थिए । उनी रास्वपाका उपाध्यक्ष तथा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।