कांग्रेस महाधिवेशनलाई विदेशी दल र नेताहरूले दिए शुभकामना

कांग्रेस महाधिवेशनलाई विदेशी दल र नेताहरूले दिए शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्।

कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिनेमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे छन्।

त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।

एसिया तथा युरोपका अन्य राजनीतिक दल तथा संस्थाहरूले समेत कांग्रेसलाई शुभकामना पठाएका छन्।

इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप)को स्ट्यान्डिङ कमिटी, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले महाधिवेशन सफलताको शुभकामना दिएका हुन्।

कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतबारदेखि १५औँ महाधिवेशन सुरु गरेको हो। महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।