कांग्रेस महाधिवेशनको मञ्चमा गगनको दायाँतिर प्रचण्ड, बायाँतिर बाबुराम !

कांग्रेस महाधिवेशनको मञ्चमा गगनको दायाँतिर प्रचण्ड, बायाँतिर बाबुराम !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औं महाधिवेशनको उदघाटन शत्र काठमाण्डुको खुलामञ्चमा जारी छ । कार्यक्रमको अध्यक्षता सभापति गगनकुमार थापाले गरेका छन् ।

थापाको दायाँ र बायाँ पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई छन् । थापाको दायाँतर्फ प्रचण्ड र बायाँतर्फ बाबुराम छन् । बाबुुरामपछि एमाले महासचिव शंकर पोखरेल छन् ।

प्रचण्डको दायाँतर्फ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बसेका छन् । उदघाटन सत्रमा अतिथिहरुले शुभकामना दिने क्रम जारी छ ।