विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय शृंखला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

आईतबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले नेपाली टोलीलाई बधाई तथा शुभकामनासमेत दिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । शृंखला नेपालले शृंखलाअन्तर्गत नेपालले यहीँ असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा आगामी कात्तिक २ गते ओमानसँग खेल खेल्नेछ । १ दिवसीय मान्यता जोगाउन नेपालका लागि शृंखला महत्वपूर्ण छ ।