कांग्रेस महाधिवेशन : बन्द सत्र सुरु हुँदै

कांग्रेस महाधिवेशन : बन्द सत्र सुरु हुँदै

नयाँ नेतृत्वका लागि आजैदेखि निर्वाचन प्रक्रिया पनि सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन सोमबार बन्द सत्र हुँदैछ । बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ ।

काठमाण्डुको खुदा मञ्चमा आइतबार महाधिवेशनकाउद्घाटन भएको थियो । बन्द सत्र सोमबार बिहान ९ बजेदेखि सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसैगरी विधान मस्यौदासमेत बन्दसत्रमा प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

बन्दसत्रका सहभागीका लागि बिहान ११ बजे खाना व्यवस्था गरिएको छ । त्यसपछि दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता कार्यक्रम सुरु हुने पार्टीले जनाएको छ ।

यसका साथै केन्द्रीय निर्वाचन समितिले सोमबार साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू अघि बढाउने छ ।
निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने सोही नामावलीउपर ६ः३० बजेसम्म दाबी विरोध दर्ता गर्ने समय तोकिएको छ । प्राप्त दाबी विरोधहरूमाथि बेलुका ७ः३० बजेसम्म आवश्यक जाँचबुझ गरिनेछ । दाबी विरोधको प्रक्रिया टुङ्ग्याएर निर्वाचन समितिले राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

नयाँ नेतृत्वका लागि बिहीबारनिर्वाचन सुरु हुने छ ।

यस्तो छ निर्वाचन कार्यक्रम