काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्दैछ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अन्तिम बैठक सोमबार बस्न लागेको हो ।
बैठक बिहान १० बजे पार्टीको १५ औं महाधिवेशनस्थल खुलामञ्चमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ।
बैठकले महाधिवेशनको बन्दसत्रमा पेश गर्ने विधान संशोधन लगायतका विषयमा छलफल गर्ने छ। केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा पार्टीका सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।




प्रतिक्रिया