यस्तो छ कांग्रेस महाधिवेशनस्थलको चहलपहल (तस्बिरहरू)

यस्तो छ कांग्रेस महाधिवेशनस्थलको चहलपहल (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

चिया–नास्ता र खाजापछि नेताहरू खुलामञ्चमा भेला भएपछि केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।

प्रवक्ता चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले बन्दसत्रमा पेस हुने विभिन्न प्रतिवेदन तथा प्रस्ताव अनुमोदन गरेपछि मात्रै बन्दसत्र सुरु हुनेछ।

‘पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेस गर्नुहुन्छ । त्यसअनुसार नै बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ,’ उनले भने।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

त्यस्तै, बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ। बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

अहिले महाधिवेशनस्थलमा प्रतिनिधि र कार्यकर्ताहरूको बाक्लो चहलपहल रहेको छ। कार्यकर्ताहरू खाजापछि केन्द्रीय कार्यसमितिको बैठकको निर्णय कुरेर बसेका छन्।