प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्।

बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्।

उनको भ्रमण असोज १९ देखि २५ गतेसम्म अर्थात् ५ देखि ११ अक्टोबर २०२६ सम्म हुनेछ।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।

नेपाली सेनाका अनुसार प्रधान सेनापतिको बेलायत भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको आपसी सैनिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।