काठमाण्डु– हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डको गत शुक्रबार बसेको बैठकले हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख बढी कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।
आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
बोर्डले वैशाख २ गते यता कुनैपनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थिएन । त्यसको ५ महिनापछि हिम पर्वत हाइड्रोले आईपीओ निष्कासनको अनुमति पाएको हो ।
कम्पनीले २०८१ मंसिर ५ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।
हिम पर्वत हाइड्रोपावरले ५.५ मेगावाटको सागु खोला–१ र २० मेगावाटको सागु खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८२ सालदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।




प्रतिक्रिया