काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाकासहित राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा उनले पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरण प्रस्ताव अघि सारेका छन्।
प्रतिवेलनमार्फत थापाले विगत दुई दशकका कमजोरीको साहसिक आत्मसमीक्षा गर्दै चुनावी गठबन्धनको अन्त्य, शासकीय सुधार, आर्थिक रूपान्तरण र नयाँ पुस्ताको नेतृत्व सहभागितालाई मूल आधार बनाएका छन् ।
भदौ २३ र २४ को जनउभारलाई नागरिकको स्वाभाविक एवं जायज असन्तोषका रूपमा लिँदै पछिल्ला निर्वाचनमा भोगेको पराजयलाई पार्टीभित्रैका कमजोरीको परिणामका रूपमा प्रतिवेदनमा आत्मसात् गरिएको छ।
उनले आगामी कुनै पनि तहको निर्वाचनमा चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने र पार्टीको आफ्नै रुख चिह्न र उम्मेदवारसहित चुनावी मैदानमा जाने नीति तय गरेका छन् ।
यस्तै सत्ता र नेतृत्वमा निरंकुशता रोक्न एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गरिने पनि थापाको प्रस्ताव छ ।
यस्तो छ प्रतिवेदन




प्रतिक्रिया