काठमाण्डु – गोरखाको दुर्गम धार्चे गाउँपालिका–४ लाप्राकका पुष्कर गुरुङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा युवा खुलातर्फ उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको संगठन निर्माण र सामाजिक क्षेत्रमा सक्रिय गुरुङले यसअघि क्षेत्रीय सहसचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी गोरखा जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।
गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका हुन् । पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको सक्रिय सहभागिता र नयाँ सोचलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।
गोरखाको ग्रामीण क्षेत्रदेखि सामाजिक तथा संगठनात्मक क्षेत्रमा काम गर्दै आएका गुरुङले कांग्रेसलाई समयअनुकूल र जनमुखी बनाउने अभियानमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन् ।




प्रतिक्रिया