काठमाण्डु– नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन्।
छनोट तथा सिफारिस समितिले आवेदन दिएका ८ जनामध्ये ४ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि छनोट गरेको हो।
सर्ट लिस्टमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन् भने चारै जना उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आगामी २३ असोजमा हुने भएको छ।
नेप्सेको सीईओ नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले गत १२ साउनमा पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरेको थियो। तोकिएको समयभित्र ८ जना उम्मेदवारले आवेदन दिएका थिए।
नेप्सेका तत्कालीन सीईओ चूडामणि चापागाईंले गत २२ असारमा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ।




प्रतिक्रिया