काठमाण्डु– फ्रान्सले युइएफए नेसन्स लिगमा बेल्जियमलाई ४–१ ले पराजित गर्दै समूह ‘ए१’ को शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
बेल्जियमले डोडी लुकेबाकियोको गोलमार्फत सुरुवाती अग्रता लिए पनि फ्रान्सले खेलको अन्तिम १३ मिनेटमा चार गोल गर्दै शानदार पुनरागमन गरेको हो ।
बेल्जियमका रोमियो लाभियाले दिएको लामो पासमा लुकेबाकियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि फ्रान्सका डिजिरे डुएले गोल गर्दै खेल बराबरीमा ल्याए।
रायन चेरकीले माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि ओलिसेले डुएले उपलब्ध गराएका दुई पासलाई गोलमा परिणत गर्दै व्यक्तिगत रूपमा दुई गोल थपे।
यस जितसँगै फ्रान्सले चार खेलबाट १० अंक जोडेको छ। बेल्जियम ६ अंकसहित समूहको तेस्रो स्थानमा छ।
यता समूहकै अर्को खेलमा इटालीले घरेलु मैदानमा टर्कीलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ। इटालीका लागि जियानलुका स्कामाका, रिकार्डो कालाफियोरी र पियो एस्पोसिटोले गोल गरे भने टर्कीका अराल सिमसिरले एक गोल फर्काए।




प्रतिक्रिया