आफूलाई हटाउन अभियान चलाउनेहरूबारे ओलीले निर्देशिकामै लेखे, ‘विगतका गल्तीमा क्षमादान दिएँ, अहिलेलाई माफी भयो’

आफूलाई हटाउन अभियान चलाउनेहरूबारे ओलीले निर्देशिकामै लेखे, ‘विगतका गल्तीमा क्षमादान दिएँ, अहिलेलाई माफी भयो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउने अभियान चलाउने, नेतृत्वको आलोचना गर्ने र अनुशासनहीन गतिविधिमा संलग्नलाई माफी दिएको बताएका छन्।

गत असोज ५-७ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णयबारे सोमबार जारी अन्तरपार्टी निर्देशन-३ मा ओलीले आफूविरुद्ध विगतमा भएका सबै कृयाकलापलाई माफी दिएको उल्लेख गरेका छन्।

उनले अनुशासनसम्बन्धी ‘कटअफ बैठक’ र कडा कारबाहीको अधिकारसहितको कुरा उल्लेख गर्दै निर्देशिकामा विगतका गल्तीमा क्षमादान दिएको उल्लेख गरेका छन्।

‘यो बैठकलाई ‘कटअफ बैठक’ मान्दै आजसम्म पार्टी, निर्णय वा नेतृत्वविरुद्ध गरिएका आलोचना, गुटबन्दी वा अनुशासनहीन कामलाई माफी दिने निर्णय गरिएको छ’, उनले निर्देशिकामा भनेका छन्।

ओलीलाई गत वर्ष भदौ २३-२४ को आन्दोलन र फागुन २१ गतेको निर्वाचनमा एमाले पत्तासाफ हुने गरी हारेपछि नेतृत्व छाड्न दबाब परेको थियो । एमालेले प्रत्यक्षतर्फ केबल ९ सिट जितेको अवस्थामा ओलीले नैतिकताका आधारमा नेतृत्व छाड्नुपर्ने कुरा उठेको थियो।

त्यसरी कुरा उठाउनेमा पछिल्लो समय महासचिव शंकर पोखरेल र विष्णु पौडल पनि थिए । त्यसअघि उपमहासचिव योगेशकुमार भट्टराईहरूले यसलाई मुद्दा बनाएका थिए।

तर असोज पहिलो साताको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष पौडेल नै युटर्न हुँदै ओलीको पक्षमा उभिएका थिए । महासचिव र उपाध्यक्ष दुवैलाई साथ लिएर पद जोगाउन सफल भएका ओलीले अहिले जारी निर्देशिकामा विगतमा आफूविरुद्ध गतिविधि गर्ने सबैलाई माफी दिएको, क्षमादान गरेको उल्लेख गरेका हुन्।