काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्र मंगलबार पनि जारी छ।
बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले पेश गरेका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।
महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार हिजो महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित भइसकेको छ। संशोधित विधानअनुसार निर्वाचन प्रक्रिया पनि अघि बढेको छ।
निर्वाचनतर्फ महाधिवेशन प्रतिनिधिको आकर्षण बढेपछि खुलामञ्चमा जारी बन्द सत्रमा भने चहलपहल तुलनात्मक रूपमा कम देखिएको छ। उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहेको छ।
संयोजक आचार्यका अनुसार हिजो तीनवटा हलमा आ-आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदनमाथि छलफल गरिएको थियो।
मंगलार पनि सुरुवातमा छुट्टाछुट्टै छलफल गर्ने र प्रतिनिधिको उपस्थिति कम भए एउटै हलमा समेटेर छलफल अघि बढाउने तयारी छ।
आचार्यले भने, ‘सभापति गगन थापाले पेश गरेको प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल हुन्छ। त्यसपछि पारित हुन्छ।’




प्रतिक्रिया