नयाँ अधिकृत हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार खोसियो

नयाँ अधिकृत हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार खोसियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।

मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको यसअघि नै अन्यत्र सरुवा भएको थियो। तर, सरुवा भएको कार्यालयमा हाजिर नगरी उनी पिपरा गाउँपालिकामै कार्यरत रहँदै आएका थिए।

यसैबीच मन्त्रालयले पिपरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो। तर, गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको थिएन।

सरुवा भइसकेपछि पनि साविककै कार्यालयमा कार्यरत रहेको र नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले साविकका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ।

त्यस्तै, सरुवा भएका शाखा अधिकृतलाई समेत तत्काल सरुवा भएको कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ।

उनको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ।