काठमाण्डु- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मनोजमणि आचार्यले सह-महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
खस आर्यतर्फ उम्मेदवारी दिएका उनले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
तर उनले कुनै पनि पद नलिई बसेका थिए । उनी पार्टीलाई संविधानअनुसार र पार्टीको विधानअनुसार चलाउनु पर्छ भन्ने वकालत गर्ने नेता हुन्। विशेष महाधिवेशनमा उनले कुनै पद लिएका थिएनन्।
उनले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवारी दिएनन्।
आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेहरूसँग काम गरेका नेता हुन् ।




प्रतिक्रिया