गगन थापाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

गगन थापाले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

सभापतिका लागि थापाको प्रस्तावकमा कृष्ण बानियाँ सबुज, देउकुमार थेबे र करूणा कटुवा छन्। त्यसैगरि समर्थकमा सुसन वैद्य, गोमा राई र मनोज भट्ट रहेका छन्।

निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म तोकेको छ ।

थापा गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका थिए । यस पटक उनलाई सभापतिमा चुनौती दिने अन्य कुनै शीर्ष नेता छैनन् ।

तर उनलाई सभापति पदका लागि काठमाण्डुका श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएर चुनौती दिएका छन्।

खड्कीले मंगलबार कांग्रेस सभापति गगनकुमार थापालाई चुनौती दिँदै नेतृत्वका लागि आफ्नो उम्मेदवारी दर्ता गराए । उनले यसअघि सोमबार नै सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

खड्की काठमाण्डु क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि भएका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। अब गगनलाई पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि चुनौती दिने भएका छन्।