१६ लाखबराबरको पटाका बरामद

१६ लाखबराबरको पटाका बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरिएको उनले बताए।

चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ।

प्रहरीले भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ।