महामन्त्रीमै दोहोरिने तयारी गरेका प्रदीप पौडेल भन्छन् : कांग्रेसलाई जरैदेखि बलियो बनाउनु छ

महामन्त्रीमै दोहोरिने तयारी गरेका प्रदीप पौडेल भन्छन् : कांग्रेसलाई जरैदेखि बलियो बनाउनु छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले कांग्रेसलाई तल्लो तहदेखि नै बलियो बनाउनुपर्ने चुनौती रहेकाले आफूले पुरानै पदमा उम्मेदवारी दिएको बताएका छन्।

उनले पार्टीका साथीहरूले आफूलाई महामन्त्रीमै दोहोरिन सुझाव दिएको र कांग्रेसलाई जरैदेखि बलियो बनाउने उद्देश्यले उम्मेदवारी दोहोर्‍याएको बताए।

‘कांग्रेस जरैदेखि बलियो बनाउनु छ। साथीहरूले नै मलाई तपाईं महामन्त्रीमै जानुपर्छ भन्ने सुझाव दिनुभएको थियो,’ पौडेलले भने, ‘अहिले हामीले कांग्रेसलाई तल्लो तहमा नै बलियो बनाएर जानुपर्ने चुनौती छ। थुप्रै काम गर्न बाँकी छ। त्यसकारण पनि मैले मेरो उम्मेदवारी महामन्त्रीमै दोहोर्‍याएको हुँ।’

उनले महामन्त्री पदका अन्य उम्मेदवारप्रति आफ्नो कुनै गुनासो नरहेको बताए। लोकतान्त्रिक प्रक्रियामार्फत् स्वस्थ प्रतिस्पर्धा गर्ने उनको भनाइ छ।

‘मेरा अरू प्रतिस्पर्धीहरूसँग पनि गुनासो छैन। लोकतान्त्रिक प्रक्रिया अपनाएरै स्वस्थ प्रतिस्पर्धा गर्ने हो,’ पौडेलले भने।