एनपीएलमा कर्णाली याक्सलाई प्राइमको साथ

एनपीएलमा कर्णाली याक्सलाई प्राइमको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबिच एनपीएलको तेस्रो संस्करणका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरे ।

सम्झौतासँगै प्राइम टाईल्स कर्णाली याक्सको अफिसियल प्रिमियम भिट्रिफाइट टायल पार्टनरका रूपमा जोडिएको छ ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले प्राइम टाइल्ससँगको साझेदारीले कर्णाली याक्सको यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । एनपीएलको तेस्रो संस्करणका लागि प्राइम टाइल्ससँग जोडिन पाउँदा हामी खुसी लागेको उल्लेख गर्दै उनले  खेलकुद र व्यवसायबिचको सहकार्यले नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पुग्ने बताए ।

प्राइम सेरामिक प्रालिका अध्यक्ष आशीष गर्गले कर्णाली याक्ससँगको सहकार्यलाई ब्रान्ड र खेलकुद दुवैका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताए । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हँुदैछ ।

प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्गयान्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।