काठमाण्डु – सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावित क्षेत्रमा पुगेर नागरिकको नि:शुल्क मुटु परीक्षण गरेको छ ।
केन्द्रले नुवाकोटका विदुर ५ अन्तर्गत देविघाट, पिपलटार, बेलकोटगढी–८, लिखु गाउँपालिका–२ र ३, बट्टार बजार, सूर्यगढी गाउँपालिका, विदुर–३ सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये १९० जनाको इकोकार्डियोग्राफी र १०० जनाको इलेक्ट्रोकार्डियोग्राम परीक्षण गरिएको केन्द्रले जनाएको छ । बाढीबाट प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भएका नागरिकलाई लक्षित गर्दै केन्द्रले प्रभावित क्षेत्रमा नै पुगेर विशेषज्ञ सहितको टोलीमार्फत नि:शुल्क मुटु परीक्षण सेवा प्रदान गरेको छ ।



प्रतिक्रिया