नगरपालिकाका इन्जिनीयर र सुपरभाइजर १ लाख घुससहित पक्राउ

नगरपालिकाका इन्जिनीयर र सुपरभाइजर १ लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनीयर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई १ लाख घुससहित नियन्त्रणमा लिइएको छ ।

दुवैले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँ समेत नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।