कांग्रेस महाधिवेशन : मतदान समय सर्‍यो, दिउँसो १ बजेदेखि हुने

कांग्रेस महाधिवेशन : मतदान समय सर्‍यो, दिउँसो १ बजेदेखि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि हुने भनिएको मतदानको समय फेरि सरेको छ।

निर्वाचन समितिले बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरे पनि आवश्यक तयारी पूरा नभएपछि मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको हो।निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदानस्थल व्यवस्थापन, प्राविधिक तयारीलगायतका काम पूरा गर्न समय लागेकाले मतदानको समय पछाडि सारिएको हो।

कांग्रेस महाधिवेशनको बिहीबार पाँचौँ दिन हो। यसअघि नै उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्तालगायतका निर्वाचनसम्बन्धी प्रक्रिया पूरा भइसकेको छ। अब महाधिवेशन प्रतिनिधिले मतदानमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछन्।

महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूह र क्लस्टरका केन्द्रीय सदस्यका लागि उम्मेदवारी परेको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ।

कांग्रेसले यसपटकको महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दैछ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले मतदानमा सहभागी भएर आगामी कार्यकालका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्।