११ वर्षपछि वरिष्ठ नेताका रूपमा एमाले बैठकमा सहभागी हुँदै विद्या भण्डारी

११ वर्षपछि वरिष्ठ नेताका रूपमा एमाले बैठकमा सहभागी हुँदै विद्या भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासल पुगेकी छन्।

११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा भण्डारी पार्टीको बैठकमा सहभागी हुन लागेकी हुन्।

गत असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई दोस्रो वरीयता दिएर पार्टीमा स्वागत गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारी लामो समयपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएसँगै एमालेभित्र उनको भूमिका र नेतृत्वसँगको सम्बन्धलाई चासोका साथ हेरिएको छ।

भण्डारीलाई यसअघि २०८२ साउन ५-७ को केन्द्रीय कमिटी बैठकबाट नवीकरण भएको सदस्यता पनि ओलीले नै रोकेर राखिदिएका थिए । त्यसपछि जेन-जी आन्दोलन र फागुनको चुनावमा एमालेले नराम्रोसँग धक्का खाइसकेपछि भण्डारीलाई स्वागत गर्ने निर्णयमा ओली पुगेका हुन्।

अब सदस्यता नवीकरण भएर वरिष्ठ नेताका रुपमा भण्डारीले पार्टीमा इन्ट्री गरेकी छन्। यसरी पहिलो पटक भण्डारीले च्यासलमा प्रवेश गर्दै गर्दा नेता-कार्यकर्ताले उनको स्वागत गरे।