ओडीआई विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लियो

ओडीआई विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ । पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको विविरण अनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।

‍एकदिवसीय विश्व वरियतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ । त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन् ।